नेपाली कांग्रेसको एजेण्डा दक्ष जनशक्ति उत्पादन : पूर्वमन्त्री थापा

बलेवा । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताउनुभएको छ ।देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमानै उत्पादन हुनुपर्नेमा जोड दिनुभयो ।

आज बागलुङ बजारमा नेपाल शिक्षक सङ्घ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले नेपालीले आफ्नो भनेर अपनत्व बोध नगर्ने बेलासम्म जस्तो सुकै विकास भए पनि समृद्धि प्राप्त नहुने बताउनुभयो ।

उहाँले सर्वोच्चको फैसलापछि नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्न जानुपर्ने बताउनुभयो । “हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउँछौँ भनेर मत दिएका हुन्” थापाले भन्नुभयो, “आफ्ना कारणले दुईतिर भएपछि जनताको मतको कदर नेकपाका नेताहरुले गर्नुपर्छ, जनताको बीचमा जानुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..