प्रधानमन्त्री ओलीलाई सत्ताबाट च्युत गर्ने हो, सहकार्य त के सहयात्रा पनि हुँदैन : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य र सहयात्रा हुन नसक्ने स्पष्ट पारेका छन् ।

आज संसद बैठकबाट बाहिरिने क्रममा अध्यक्ष यादवले आफूहरु संघीयता र लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ओली नेतृत्वको वर्तमान सरकारलाई सत्ताबाट हटाउने आफ्नो पार्टीको मूल ध्यये रहेको बताउँदै उनले भने, ‘ओलीसँग सहकार्य त के सहयात्रा समेत हुँदैन ।’

उनले मधेसका मुद्दालाई हल गर्ने र संविधान संशोधनलाई अगाडि बढाउने शक्तिसँग सहकार्य गर्ने बताएका छन् । ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य गर्न सक्छौं । जसले हाम्रा मधेसका मुद्दाहरुलाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ । त्यस्ता शक्तिहरुसँग सहकार्य गर्ने हो ।’

अध्यक्ष यादवले थपे, ‘त्यो शक्ति भनेको नेकपा एमाले होइन् । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक टेस्ट गरेर व्यवहारमा हेरिसकेका छौं । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..