ओलीलाई पार्टी सदस्यबाट निष्कासित गर्ने अपराधीहरुको झलझली सम्झना भइरहेको छ : सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् । आज मंगलवार विहानै फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले दाहाल–नेपाल पक्षका नेताहरुलाई अपराधी भन्दै व्यंग्य गरेका हुन् ।

प्रचण्ड र माधव समूहले आ–आफ्नो पुरानै पार्टीमा फर्कने निर्णय गरेकोप्रति इंगित गर्दै थापाले पार्टी अध्यक्ष ओलीलाई चार पटकसम्म पार्टी सदस्यबाट निश्कासन गरेको घोषणा गर्नेहरुको मुहार झलझली सम्झना भइरहेको भन्दै कटाक्ष गरेका छन् ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,” सल्लाहकार सुर्य थापाले समाजिक संजाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..