फेरि क्याउँक्याउँ ?सकिएन बा हे,कम्फरटेबल लौन,केही नयाँ चटक गर – बाँस्कोटा

काठमाडौं । प्रधानमन्त्री ओली शर्मा ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले दाहाल-माधव समूहले फेरि क्याँउक्याउँ गर्न सुरु गरेको बताएका छन्। उनले दाहाल – माधव समूहलाई अब नयाँ चटक गर्न समेत व्यंग गरेका छन्।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि बसेको पहिलो बैठक बहिस्कार गरेको भन्दै नेकपाको दाहाल-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका हुन्।

पुनर्स्थापनाको माग गरेर आन्दोलनमा गएका दलहरुले नै संसदको पहिलो बैठक अवरुद्ध गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्। सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गए भन्दै उनले प्रश्न पनि गरेका छन्।

‘आफैँ पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर। सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या हुन्?’ बाँस्कोटाले सामजिक सञ्जाल फेसबुक उनले लेखेका छन्, ‘अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे। अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ। फेरि क्याउँक्याउँ? सकिएन बा! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..