भागेर भारत पुगेका प्रहरी सुम्पिन म्यानमारको बर्मेली सैन्य सरकारको आग्रह

एजेन्सी । बर्मामा सत्तापलट गरेको सेनाले आफ्नो आदेश नमानी भारततर्फ भागेका प्रहरीहरूलाई समातेर सुम्पन आग्रह गरेको छ । सेनाले ‘कू’ गरेपछि आदेश अवज्ञा गर्दै बर्माबाट प्रहरीहरू भारततर्फ भागेका थिए। ती बर्मेली प्रहरीहरू शरण माग्दै सीमावर्ती क्षेत्रमा बसिरहेका छन्।

प्रहरी फिर्ता गरिदिन भन्दै बर्मेली सैन्य सरकारले भारतलाई पत्र नै लेखेको छ। सो पत्रमा दुवै देशबीच मैत्रीपूर्ण सम्बन्ध काम राख्न प्रहरीहरूलाई फिर्ता गर्नुपर्ने उल्लेख छ । बर्मेली सेनाले देशका ८ जना प्रहरीहरू भागेर भारत पुगेको दाबी गरेको छ। ती प्रहरीहरूलाई हिरासतमा लिन र आफूहरूलाई सुम्पन म्यानमारले आग्रह गरेको हो।

भारतीय अधिकारीहरूले पनि म्यानमारका केही प्रहरी अधिकारीहरू उनीहरूको परिवारसाथ सीमा पार गरी भारततर्फ आएको बताएका छन्।भारतीइ राज्य मिजोरमस्थित जम्पई जिल्लाका वरिष्ठ डेप्युटी कमिश्नर मारिया सीटी जुआलीले बर्माको फालाम जिल्लाका आफ्ना समकक्षीको पत्र प्राप्त भएको जानकारी दिएका छन्।

सो पत्रमा भारत पुगेका पुलिसकर्मीहरूलाई फिर्ता गर्न अनुरोध गरिएको रोयटर्समा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..