नेकपा नाम विवादकाे फैसला आइतबार सुनाउँदै सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे नाम विवादसम्बन्धी मुद्दामा आज फैसला हुँदैछ । ऋषि कट्टेलले आफू नेतृत्वकाे पार्टीको नामसँग मिल्दोजुल्दो नाम अन्य पार्टीकाे समेत राखेको भन्दै २०७५ मंसिर ५ गते सर्वाेच्चमा रिट दर्ता गराएका थिए । उक्त मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे हो ।

सर्वाेच्चका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उक्त मुद्दामाथि सुनुवाइ हुँदैछ । यसअघि यही फागुन २० गते बिहीबार साे मुद्दाकाे फैसला सुनाउने मिति तय भएकाे थियाे । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा साे दिन शोक बिदा दिइएकाले अदालत बन्द रह्याे ।

हाल निर्वाचन आयोगमा नेकपा नामबाटै सत्ताधारी दल पनि दर्ता छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेकाे थियाे । नाम जुधेकाे भन्दै कट्टेलले अदालतमा मुद्दा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..