लागूऔषधसहित चार जना इलाम प्रहरीको नियन्त्रणमा

इलाम । इलाम नगरपालिका–७ फुलगाँछीबाट लागूऔषधसहित चार जानालाई प्रहरीले पक्राउ गरेको छ ।बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले इलाम नगरपालिका वडा–७ फुलगाछीस्थित योग प्रसाद घिमिरेको घरमा भाडा लिएर बस्ने चार जानलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–१० बस्ने दियोग राई, देउमाई नगरपालिका–४ का प्रवेश तिरुवा वि.क., इलाम नगरपालिका–५ का योगेश राई र पाँचथर जिल्ला फिदीम नगरपालिका १० का अनिल लिम्बू रहेका छन् ।उनीहरुलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रहरीले सो स्थानमा खानतलासी गर्दा स्टिलको प्लेट थान १, रु पाँचको नोट थान ३, ब्राउन सुगर जस्तोदेखि पदार्थ ७५० मिलिग्राम, लागूऔषध सेवन गर्न प्रयोग गर्ने ढुङ्ग्रो समेत फेला पारी बरामद गरी उनीहरुलाई पक्राउ गरिएको हो ।


त्यस्तै, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..