सुनसरीको विभिन्न ठाँउबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ


सुनसरी । सुनसरीको धरान उप-महानगरपालिकाका बिभिन्न स्थानबाट सोमबार लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगर र ट्याब्लेटको ओसार पसार तथा बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-३ का ३० बर्षीय बिनय तामाङ, २५ बर्षीय उत्सव श्रेष्ठ र ३० बर्षीय उमेश श्रेष्ठलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी धरान-१३ का २६ बर्षीय ओम प्रकाश कार्की १ ग्राम ६०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । कार्की सोमबार बेलुका ७ बजे धरान-७ बाट पक्राउ परेका हुन् ।

यस्तै धरान-१५ का ४० बर्षीय कृष्ण थापामगर १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

यसैगरी धरान-०८ का ४५ बर्षीय यज्ञ बहादुर खड्का र आकाश श्रेष्ठ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । आफ्नै घरकोठाबाट लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १०० ML को डाईलक्स् डि.सी. ४ बोतल, Nitrosun १६५ ट्याब्लेट र Spsmo-Proxyvon ७२ क्याप्सुल सहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..