जब ६८ वर्षसम्म जेलमा बसेर बाहिर निस्किँदा…

एजेन्सी । कुनै मानिस ६८ वर्षसम्म जेलमा बसेर बाहिर आउँदा कस्तो अनुभव होला ? अमेरिकामा जोसेफ लिगोन नामका एक व्यक्तिको जीवनमा यस्तै घटना भयो ।

सन् १९५३ मा उनलाई अदालतले जन्मकैदको सजाय दिएपछि उनी जेल परेका थिए । त्यसयता उनी जेलको चार पर्खालभित्र कैद थिए । हाल जेलमुक्त भएर बाहिर निस्किँदा उनले जे देखे त्यो सपनाजस्तै भयो ।

जेलभित्र रहँदा उनले जुन कुरा किताबमा पढेका थिए र सपनामा देखेका थिए त्यही दृश्य बाहिरी संसारमा देख्न पाउँदा उनलाई सपनाजस्तै लाग्नु स्वभाविकै थियो ।

जेल बाहिर आउँदा उनले अग्ला अग्ला भवनहरु, प्रविधि, चौडा सडक तथा गाडीहरु देखे जुन ५३ वर्षअघि खासै थिएन ।

१५ वर्षको उमेरमा लिगोनलाई जेल सजाय भएको थियो । फिलाडेल्फियामा हत्या, डकैती तथा हमलाका दुईवटा घटनामा दोषी ठहर गर्दै अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो ।

६८ वर्ष जेलमा बसेसँगै उनी सबैभन्दा लामो समयसम्म जेलमा बस्ने अमेरिकी किशोर अभियुक्त समेत बनेका छन् । अघिल्लो हप्तामात्रै जेल सजाय भुक्तान गरी उनी बाहिर निस्किए ।
झण्डै पूरै जिवन जेलमा बिताएर बाहिरिँदा उनले देखेको संसार पूर्णरुपमा नयाँ थियो । उनले त्यतिअग्ला भवन कहिल्यै देखेका थिएनन् । बाहिरी दुनियामा आफूलाई ढाल्नु उनका लागि सबैभन्दा ठूलो चुनौती बन्यो ।
उनले ६८ वर्षसम्म सजाय काटेर इतिहास रचेको जेललाई अब संग्राहलय बनाउन लागिएको उनी बताउँछन् ।
जेलबाट बाहिर निस्किएसँगै उनले आफ्ना आफन्तहरुसँग भेट गर्ने इच्छा जाहेर गरे सबैभन्दा पहिले । तर विडम्बना उनले चिनेका उनका आफन्तहरु मध्ये धेरैजसोको त मृत्यु भैसकेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..