मेरा भाइहरुले लड्डु खाएछन्,के जिते मलाई थाहा छैन – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्चको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’

नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( ओली समूह ) का अध्यक्ष समेत रहेका उनले भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..