स्थायी कमिटी बैठक सकियो : प्रम ओलीले तत्काल राजीनामा दिए एकताको सम्भावना – श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपाको प्रचण्ड नेपाल समूह ) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ।पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो बसेको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ ।बैठकपछि नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रतिगामी कदम विरुद्धको आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिनुभयो ।

बैठकले संविधानको कार्यान्वयन, सामाजिक न्याय सहितको समृद्धिको यात्रामा सबै लोकतान्त्रिक शक्तिहरुसँग छलफल गरेर अघि बढ्ने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिँदै आत्मआलोचना गरे एकताको सम्भावना कायमै रहेको पनि नेता श्रेष्ठले बताउनुभयो ।

‘हामी सधै एकताको पक्षमा छौं, सर्वोच्च अदालतले आदेश दिइसकेपछि ओलीले तत्कालै राजीनामा दिनुपथ्र्यो, तर त्यस्तो छाँटकाट देखिएन।’ नेकपाका प्रवक्ता श्रेष्ठले भन्नुभयो , ‘आत्मालोचना नगरेसम्म पार्टी एकताको कुनै सम्भावना छैन।’आजको बैठकबाट प्रचण्डनेपाल समूहले ओली समूहमा गएका नेता कार्यकर्तालाई मुल पार्टीमा फर्केर पुरानै जिम्मेवारी सम्हाल्न आव्हान समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..