नयाँ गोल हान्ने चान्स प्रधानमन्त्री ओलीकै हातमा छ – पूर्वमन्त्री बस्नेत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( ओली समुहका ) प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी  शर्मा ओलीकै हातमा नयाँ गोल हान्ने चान्स आएके बताएका छन । उनले सर्वोच्चको अनपेक्षित फैसलाको स्विकार गर्दै यस्तो प्रतिक्रिया दिएका हुन ।

समाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतले भनेका छन ‘ सर्बोच्च अदालतको अनपेक्षित फैसलाको स्विकार गर्दछु। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशक सम्म अस्थिरता र बिकृती तर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ।’

उनले अघि भनेका छन ‘सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता केपी शर्मा ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस। बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउनुस।‘

बस्नेतले पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउ प्रयत्न गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका छन । उनले राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउन अनुरोध गर्दै सबैको सशक्त र दरो समर्थन रहने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..