सम्पर्कविहीन बागमती प्रदेशका सभामुख श्रेष्ठले पत्रकारमाझ भने : म पार्टीको कार्यकर्ता होइन

बागमती । प्रदेशसभा बैठक स्थगित गरी मोबाइल अफ गरी सम्पर्कविहीन बनेका बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ आज पत्रकारमाझ उपस्थित भएका छन्। 

स्थानीयदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यमले अचानक प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरी सभामुख मोबाइल नै अफ गरी सम्पर्क विहीन बनेको खबर दिएको दुई दिनपछि पत्रकारमाझ श्रेष्ठले प्रष्टीकरण दिएका छन्। 

श्रेष्ठले कसैको दबाबका कारण बैठक स्थगित नगरेको बताए पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावबारे अहिले प्रक्रिया बढाउन नसकिने बताए।

सभामुख श्रेष्ठले अविश्वास प्रस्ताव दर्तासम्बन्धी कार्यविधि मस्यौदा समितिले प्रतिवेदन नबुझाएको कारण मतदान प्रक्रियामा जान सक्ने नभएकोले आफूले प्रदेशसभा बैठक बारम्बार स्थगित गर्नुपरेको प्रष्टीकरण पत्रकारलाई दिए। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले समेत आफ्नो आधिकारिक धारणा नआएको र समय माग गरेका कारण संसद् स्थगित गर्नुपरेको भन्दै आफ्नो बचाउ गरेको हो ।

अघिल्लो दिनसम्म सर्वदलीय बैठक बसी प्रदेशसभा बैठक नरोक्ने र मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावबारे छलफल बढाउने सहमति गर्ने तर भालिपल्ट उज्यालो नहुँदै सूचना टाँसी बैठक अनिश्चितकालका स्थगित गरिएपछि नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड–माधव समूह ) आक्रोशित भएको थियो।

सभामुख श्रेष्ठलाई सरकारको रबरस्ट्याम्प बनेको आरोप लागिरहेको बेला पत्रकार सम्मेलनमा उनले आफू पार्टीको कार्यकर्ता नभएको तथा स्वतन्त्र भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीनिटक सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलको दबाबमा पटक पटक प्रदेशसभा बैठक स्थगित गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..