प्रहरी प्रधान कार्यलय साईबर व्यूरो काठमाण्डौंको विषेश अनुरोध

काठमाडौं । विभिन्न समयमा व्यक्तिहरूको ल्याण्डलाईन, मोबाईल फोन नम्बरहरुमा Unknown, Private वा कुनै पनि नम्बर Display नहुने तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर ‘म साईबर क्राईम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भै रहेको छ, हामीले एक पटकको लागि त्यसो हुन बाट रोकिदिएका छौं, तर Verification को लागि तपाइले आफ्नो Nude Photo, Video पठाउनु होस भनेर ई-मेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने तत्पश्चात् उक्त ई-मेल, फेसबुकको आई डी, मेसेन्जर De-Activate गर्ने गरेको भन्ने सूचना एवं उजुरीहरु पछिल्ला समयमा वढ्दै गईरहेको प्रति यस ब्यूरोको ध्यानाकर्षण भएको छ ।

सो सम्बन्धमा प्रविधिको दुरुपयोग गरी गरिएका गैर जिम्मेवारी तथा ऐन कानुन विपरीत कार्य प्रति सजग भई, त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलापहरू बाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनैपनि विवरणहरू उपलब्ध नगराउन साथै त्यस्ता कार्यहरू भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोको टेलिफोन नं. ०१- ४२१९०४४, ४२१९०४८, मोबाईल नं. ९८५१२८६७७० वा ई-मेल ठेगाना[email protected] मा सूचना वा जानकारी दिन हुन जनहितका लागि यो अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..