भारतीय गृहमन्त्री साहको ब्रिफिङ–नेपालमा भाजपा अनुकूल सरकार बनाउने तयारी भइरहेको छ

काठमाडौं । नेपालमा भारतीय जनता पार्टीको चाहनाअनुसार सरकार निर्माण गर्ने गुप्त तयारी भइरहेको खुलासा भएको छ । भारत सरकारका गृहमन्त्री एवं भाजपाका पूर्वअध्यक्ष अमित शाहको अग्रसरतामा त्यस्तो सरकार बनाउन आन्तरिक गृहकार्य भइरहेको समाचार प्रकाशमा आएको हो ।

इष्ट मोजोका अनुसार, पार्टी बैठकमा शाहले त्यसबारे नेताहरूलाई जानकारी गराएका छन् । बैठकमा भएको छलफलबारे त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सञ्चारमाध्यलाई जानकारी दिएका छन् ।
विप्लव देवले शाहलाई उद्धृत गर्दै भनेका छन्–नेपालसँगै श्रीलंकामा भाजपा अनुकूल सरकार निर्माण गर्ने तयारी भइरहेको छ ।


इस्ट मोजोमा प्रकाशित खबरलाई उद्धृत गर्दै द वायरले शनिबार शाह र विप्लवबीच भएको भेटमा यस्तो योजनाबारे कुराकानी भएको उल्लेख गरेको छ ।

खबरअनुसार, रवीन्द्र शतवार्षिकी भवनको पार्टी बैठकमा शाहले भारतका सबै राज्यमा जित हाँसिल गरेपछि छिमेकी देशमा पनि पार्टी स्थापना गरेर सरकार बनाउने योजना सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

“Police Baton” को निरीक्षणमा‌ खटिएका एआईजी सहितको टोलीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन

“Police Baton” को निरीक्षणमा‌ खटिएका एआईजी सहितको टोलीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन

लहान । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन अन्तर्गत सिन्धुलीको ईलाका प्रहरी कार्यालय डकाहा मातहत रहेको प्रहरी चौकी हर्षाही जगाडीको निरीक्षण तथा अनुगमन सम्पन्न । नेपाल..