पूर्वप्रधानमन्त्री खनाल उपचारका लागि नयाँदिल्ली प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । 

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालका अनुसार पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा शुक्रबार बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गरेका हुन् । उनको  उपचार भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा हुने छ । उनी केही दिन दिल्लीमा रहने छन् ।

केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ । खनालकी श्रीमती रविलक्ष्मी चित्रकार पनि उनको साथमा गएकी छन् ।

पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता छैन । यसअघि खनालले अमेरिका र चीनमा उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..