राष्ट्रसंघले भन्यो- नागरिकको प्रजातान्त्रिक अधिकार सुनिश्चित गर

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ ।संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी हुन् ।

‘नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षलाई आग्रह गर्दछु,’ उनले एक्समा लेखेकी छन् ।

आजको जेनजी प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु भएको तथा घाइते भएको घटनाले आफू साह्रै दुखी भएको उनले बताएकी छन् । साथै, यसबाट प्रभावित परिवारप्रति पनि उनले समवेदना समेत प्रकट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..