विवादित वडाध्यक्ष चतुर्वेदी र पोखरेलमाथि पक्राउ पुर्जी जारी

वीरगन्ज । पटक पटक विवादमा पर्दै आएका वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी र ट्रान्सर्पोट व्यवसायी बालकृष्ण पोखरेलमाथि मंगलबार पक्राउ पुर्जी जारी भएको छ ।

ज्यान मार्ने उद्योगमा पर्सा जिल्ला अदालतले चतुर्वेदी र पोखरेलमाथि पक्राउ आदेश दिएको हो । गत फागुन २९ गते वीरगन्जको पानीट्यांकीमा रहेको डायमण्ड पार्टी प्यालेसमा आयोजना भएको हाली मिलन समारोहमा चतुर्वेदी र पोखरेलको समूहले भूषाल चौरसियामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए । घाइते भएका भूषालको दाहिने हातको औलामा ४ वटा टांका लागेको छ । शरिरको विभिन्न भागमा चोटपटक लागेको छ ।


होली मिलन समारोहमा गएका भूषालमाथि डायमण्ड पार्टी प्यालसको हल बाहिर आक्रमण गरी चतुर्वेदी र पोखरेल हल भित्र प्रवेश गरि भित्रबाट ढोका बन्द गरे । प्रत्यक्ष्ँदर्शीका अनुसार आवेशमा आएको चौरसियाको समूह चतुर्वेदीलाई खोज्दै हलभित्र प्रवेश गरेको थियो । चौरसिया हालभित्र प्रवेश गरेपछि चतुर्वेदी र पोखरेल गाली गर्दै ढोकातर्फ आएका थिए । त्यहीक्रममा भएको झडपको मात्र फुटेज निकालेर एउटा समूहमाथि पूर्वाग्राही रुपले आक्रमण गरिएको चौरसियाको गुनासो छ ।


चतुर्वेदीको विवादित पृष्ठभूमि


वडाध्यक्ष्ँ चतुर्वेदी विवादमा परेको यो पहिलो पटक भने हैन् । वडाध्यक्ष नहु“दै लकडाउनको समयमा आदर्शनगर पानीटंकी देखि छपकैया जाने सडक पीच गर्ने ठेक्काको काम उनले लिएका थिए । सिर्सियाखाल्वा टोलाका बान्का पटेलस“ग रक्सी खाएर उनले छपकैया निवासी रियाजमाथि तातो अलकत्रा फालिदिएका थिए । रियाजले मात्र पिचको गुणस्तर माथि प्रश्न गरेका थिए । अलकत्राले कम्म्रसम्म जलेर घाइते भएका रियाज एक हप्ता अस्पताल भर्ना भएका थिए । विभिन्न शक्ति केन्द्र धाएर चतुर्वेदी त्यसबेला कानुनबाट उम्किएका थिए ।


यसैगरि उनी वडाध्यक्ष निर्वाचित भएको डेढ वर्षपछि २०८० कात्तिक ५ मा वीरगन्ज महानगरपालिकाका सरसफाई कर्मचारी नेक महमदलाई कुटेर उनको टाउको फुटाइदिएका थिए । दशै“ मेलाको फोहर संकलन गरिरहेका नेकको टाउको वडाध्यक्ष चतुर्वेदीले आफ्नो दुईवटा मोबाइलले हिर्काएर फुटालेका थिए । त्यसपछि त्यही रहेका महिला सरसफाईकर्मीले चतुर्वेदीलाई झाडुले हिर्काएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
त्यसबेलाका पर्साका एसपी कोमल शाहले वडाध्यक्ष्ँलाई रातिनै पक्राउ गर्न ड्राईपोर्टको प्रहरीलाई खाल्वाटोला पठाएका थिए । पुलिस आउने सूचना थाहा पाएर चतुर्वेदी घरबाट भागेर तेजारथ टोलमा रहेको साह दरबार होटलमा लुकेका थिए । नेकमहमदले प्रहरीमा जाहेरी दिए । तर, यसपटकपनि शक्तिकेन्द्रको दबाबमा मुद्दा जबरजस्ती मिलापत्र गराईयो ।


एसपी कोमल शाहको सरुवा भएपछि पर्सामा एसपी कुमोध ढुंगेल आए । उनको पालमा चतुर्वेदीले ‘एसपी, सिडिओ, मेयर, हाकिम चोर’ भनेर सामाजिक सञ्जालमा विभिन्न स्टेट्स पोस्ट गरे । राति रक्सी खाएको बेला सामाजिक सञ्जालमा जस्को पनि चरित्र हत्या गर्ने उनको पुरानै बानी हो । तर, यसपाली उनी माथि साइबर अपराध सम्बन्धमा प्रहरीमा जाहेरी दर्ता भयो । पक्राउ पुर्जी जारी भएको थाहा पाएर २८ दिन चतुर्वेदी भारतमा लुकेर बसे । म्याद सकिएपछि पर्सा अदालतमा हाजिर भएका उनी ७५ हजार धरौटीमा रिहा भएका थिए ।


त्यसपछि पनि उनी सुध्रिएनन् । गत कात्तिकमा रक्सी खाएर आदर्शनगरमा प्रहरीसगै झगडा गर्न थाले । एसटीएफ प्रहरीलाई उनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय विर्ताको जिम्मा लगाएको थियो । रातभरि विर्ता प्रहरीको थुनामा रहेका चतुर्वेदी भोलिपल्ट विहान ११ बजे रिहा भएका थिए । गत फागुन २३ मा समेत उनले वरिष्ठ सई सागर राणको विरुद्धमा फेरि सामाजिक सञ्जालमा कमेन्ट गरेका थिए । यी पृष्ठभूमिलाई लुकाएर होलीको समयको जम्मा साढे २ मिनेटको भिडियो भाइरल बनाएपछि उनको विगतस“ग परिचित वीरगन्जवासी आश्चर्यचकित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..