समर्थन फिर्ता लिँदै मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत

काठमाडौं । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आज (मंगलबार) मधेशका मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिँदै जनमत सरबारबाट बाहिरिएको हो ।

जनमत प्रदेश सरकारबाट बाहिरिएसँगै पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले समेत राजीनामा दिएका छन् । सप्तरीको राजविराजमा रहेको मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका विषयलाई लिएर जनमत र जनता समाजवादी पार्टीबीच विवाद चुलिएको थियो । मधेशमा जसपाबाटै सरोज यादव मुख्यमन्त्री रहेको अवस्थामा जनमत बाहिरिएको हो ।

मधेश कृषि विश्वविद्यालयको भनव शिलान्यास प्रदेशका शिक्षामन्त्री महेश यादवमार्फत हुनुपर्ने अडान जनमतले लिएको थियो । तर, मुख्यमन्त्री यादवले जसपा अध्यक्ष उपेन्द्र यादवको हातबाट उक्त विश्वविद्यालयको भवन शिलान्यास गराएका थिए ।

मधेश प्रदेश सभामा जनमतका १३ सांसद छन् । मधेश सरकारमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..