झापाको नाकामा तस्करी

झापा । झापाको भद्रपुर जोड्ने केतना नाकाबाट अवैध रुपमा तस्करी मौलाएको छ । नेपाल प्रहरीको झापा प्रमुख र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी मौलाएको हो ।

व्यापारीहरु सञ्जिव घोष, तुलाराम हलुवाई, राजन मगर, धर्मेन्द्र यादव, अर्जुन ठकुरी र जब्बरसिंह राजवंशी लगायतले भारतको लोदाबारी र सुर्यभित्ताबाट अवैध रुपमा कपडा तस्करी गरिरहेका छन् । भद्रपुरस्थित भन्सार कार्यालयबाट १६ किलोमिटरको दूरीमा रहेको यो नाकामा भद्रपुरकै तस्करहरु पुग्ने गरेका छन् ।


सशस्त्र प्रहरीको क्याम्पकै आडबाट तस्करी हुँदा पनि सरोकारवाला निकाय मौन छन् । स्थानियका अनुसार केतनामा जनपथ तर्फ प्रहरी सहायक निरिक्षकको कमाण्डमा चौकी समेत छ । चौकीले पनि तस्करीको रुट खुलाएको छ । यो नाकाबाट दैनिक ५ गाडी त कपडा नै तस्करी भइरहेको छ । ५ गाडीमा करोडौँ मुल्यका कपडा हुन्छन् । जिल्लास्थित प्रहरीका प्रमुख र सशस्त्रको प्रमुखले यो तस्करीको लाइन खोलेका हुन्


तस्करहरुले पिकअपमा खुलमखुल्ला तस्करी गरिरहेको स्थानियको भनाई छ ।प्रहरी तर्फ अवकाश प्राप्त घुमुवा दिप बानियाँले सेटिङ मिलाउने गरेको स्थानियबासीको आरोप छ । सशस्त्र प्रहरीको तर्फबाट घुमुवा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..