जहदाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो निर्णय : ५ हजार सुत्केरी स्याहार खर्च दिने

विराटनगर । मोरङको जहदा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुत्करी स्याहार खर्च उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । गाउँपालिकाका नव निर्वाचित अध्यक्ष जितेन्द्र साहले पहिलो निर्णय नै दलित र विपन्नलाई सुत्केरी स्याहार प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेका हुन् ।

छोरी हुने विपन्न तथा दलित महिलालाई सुत्केरी स्याहार खर्चवापत ५ हजार दिने पहिलो निर्णय भएको छ।

जहदा गाउँपालिकाका जनताहरुको सामाजिक तथा आर्थिक विकासका लागि आर्थिक बर्ष २०७९र०८०मा कार्यक्रम संचालन गर्ने गरि सो निर्णय गरेका हुन् । त्यस्तै भौतिक पूर्वाधार र सरसफाई राम्रो भएको विद्यालयलाई बार्षिक ५ लाख पूर्वाधार निर्माण वापत उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

प्रत्येक स्वास्थ्य चौकीमा महिनामा न्युनतम १ पटक भिजिटिङ डाक्टरको माध्यामबाट स्वास्थ्य सेवा पु¥याउने पनि निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..