एमालेलाई काउन्टर : नेपाली कांग्रेसले पनि माग्यो पुन : मतगणना

पोखरा । पोखरा महानगरपालिका-१८ मा एमालेले नौ मत हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ ।

वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणना माग गरेकी हुन् । यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जितेका थिए । प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय चार मत पाएका थिए । यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गरेका छन् ।

उही ढाँचामा उनले निवेदन बुझाएका हुन् । उनीहरू दुवैले पहिलेभन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखेका छन् । १७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जितेकी हुन् । शाहीले दुई हजार ६ सय २५ र आचार्यले दुई हजार पाँच सय ४२ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..