धनगढी उप-महानगरको मेयरमा स्वतन्त्रबाट हमाल विजयी

कैलाली । धनगढी उप–महानगरपालिकाको प्रमुख पद (मेयर) मा स्वतन्त्रका गोपाल हमाल विजयी भएका छन् ।

हमालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नृपबहादुर वडलाई १२ हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगर धनगढीको प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।

उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका कन्दकला रानाले जितेकी छन् । उनले गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी शान्ति अधिकारीलाई १ हजार २६२ मतान्तरले पराजित गरेकी हुन् ।

प्रमुखका स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ४४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वडले भने १४ हजार १४६ मत मात्रै पाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..