भरतपुर महानगरपालिकाकी मेयर दाहालले दिइन् राजीनामा

चितवन । जिल्लाको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । मेयर दाहालले शुक्रबार (आज) उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उपमेयर ठकुरीले उनको राजीनामा स्वीकृत गरेकी छन् ।


यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्नका लागि दाहालले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि मेयर दाहालले राजीनामा दिएकी हुन् ।

सत्तारुढ गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..