तीन किलो चाँदीको गहना सहित दुई भारतीय सशस्त्र प्रहरीको स्क्वार्ड टिमको फन्दामा

लहान । सशस्त्र प्रहरीको स्क्वार्ड टिमले सिरहाको लहान सुनचाँदी बजारबाट नगद र तीन किलो चाँदीको गहना सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्वर ७ गण हेड क्वाटर सिरहाबाट खटिएको विशेष टोलीले लहान नगरपालिका वडा नम्बर – ७ स्थित दुर्गामन्दिरबाट भारतको विहार राज्य, मधवनी जिल्ला, थाना राजनगर १२ का ३८ वर्षिय रन्जीत राय र उनको काका ६१ व्र्षिय लखन रायको साथबाट ३ किलो चाँदीको तयारी गहना र नगद २० हजार भारतीय रुपैयाँ ५ सय १० रुपैयाँ नेपाली रुपैयाँ मंगलबार अपान्ह बरामद गरेको हो ।


बरामद गहना सहित दुवैजनालाई आजश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्वर ७ गण हेड क्वाटर सिरहाका सूचना अधिकारी डीएसपी विनोद थापाले जानकारी दिए ।


उनीहरु सप्तरीको नाकाहुँदै दहान बजारमा गहना लिएर आईरहेको भन्ने विशेष सूचनाको आधारमा पिछा गर्दै पक्राउ गरी उनीहरुको साथबाट गहना बरामद गरिएको बताएको छ ।
उनीहरु पक्राउ परेको लहानको दुर्गामन्दीर सुनचाँदीको पसहरु रहेको क्षेत्र हो ।यसरी मधेस प्रदेशका सवैजसो बजारहरुमा भारतीय चाँदीका गहनाहरु अवैधरुपमा आउने गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..