नयाँ सारथी लघुवित्तमा करोडौं घोटाला

पर्सा। नयाँ सारथी लघुवित्त वित्तीय संस्थामा करोडौंको घोटाला भएको छ । सो घोटालामा संलग्न तत्कालिन पर्सागढी नगरपालिका–३ बडनिहारस्थित शाखाका शाखा प्रमुखलाई प्रहरीले पक्राउ गरेसंगै घटना बाहिरिएको हो ।


शाखामा रहेका ४०० सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह गरी घोटाला गरिएको पाइएकोपछि प्रहरीले शाखाका शाखा प्रबन्धक भोजेन्द्र कुमार ठाकुरलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले तत्कालिन शाखा प्रमुख ठाकुरलाई बैंकिङ ठगी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टी गरेका छन् । उनलाई उनकै घरबाट पक्राउ गरी ६० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतको भनाई छ ।


उनकाअनुसार ठाकुरले आफु शाखा प्रमुख हुँदा सो शाखाका ४ सय सदस्यमध्ये ३०८ जना र खाता बन्द भइसकेका सदस्यको नाममा पनि फर्जी रकम ऋण प्रवाह गरेको देखिएको छ ।घटनामा उनि मात्रै संलग्न छन् वा संस्थाका अन्य कर्मचारीको मिलेमतो छ भन्ने विषयमा छानविन भइरहेको बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..