होटेल र हल बुक हुन थालेपछि महाधिवेशन हुनेमा विश्वस्त भएँ : थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगकुमार थापाले पार्टीको १४ औँ केन्द्रीय महाधिवेशन हुनेमा विश्वस्त व्यक्त गरेका छन् ।सोमबार कांग्रेसको १४औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा होटल र हल बुकिङ हुन थालेपछि महाधिवेशन हुन्छ भनेर आफू विश्वस्त भएको नेता थापाले बताए ।

उनले भने, ‘होटलै बुक गर्न थालेपछि, हलै बुक हुन थालेपछि बल्ल अधिवेशन हुन्छ भनेर साथीहरुलाई ढुक्क भएको छ । कतिपय ठाउँमा महाविधेशन सम्पन्न भएको छ, कतिपय ठाउँमा अझैँ विवाद छ । केही साथीहरु अनशन बसिरहनुभएको छ । केही साथीहरु अनशन बस्ने तयारीमा हुनुहुन्छ । ’

निर्वाचन आयोगलाई पटक पटक दबाब दिएपछि मात्रै महाधिवेशन समयमै भएको पनि नेता थापाले बताएका छन् । उनका अनुसार समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयीकरणको प्रमाण हो ।

नेता थापाले न्यायालय विवाद सन्भर्दमा पनि पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालतभित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँभित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रूख चिन्हमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ, नेपाली कांग्रेसको १२–१५ लाख यस्तो मतदाता छ, नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्छ ।’
महाधिवेशनबाट १३ लाख मतदाता थप्न सफल भए आगामी निर्वाचनमा पहिलो एकल पार्टी हुने पनि नेता थापाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..