नयाँदिल्ली प्रहरीको अप्रेशनमा अन्डरवर्ल्ड डन दाउदनिकट लागूऔषध माफियाको मृत्‍यु

नयाँदिल्ली । दिल्ली प्रहरीले मुम्बईमा छापा मार्दा एक अन्तर्राष्ट्रिय लागूऔषध माफियाको अग्लो भवनबाट खसेर दर्दनाक मृत्यु भएको छ । मारिएका लागूऔषध माफिया डेभिड नाम गरेका व्यक्ति हुन। डेभिडले डी कम्पनीसँग नजिक मानिने कैलाश राजपुतको काम सम्हाल्ने गर्दथे ।

छापा मार्ने क्रममा उनी हेलमेट लगाएर डोरीको सहाराले भवनबाट तल ओर्लन खोजिरहेका थिए । तर, डोरीले उनको हात छोड्यो र  सिधै भुइँमा खसे,  जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो । वास्तवमा, दिल्ली प्रहरीको विशेष सेलले लामो समयदेखि अन्तर्राष्ट्रिय ड्रग माफिया डेभिडलाई खोज्दै थियो, जो विदेशमा बसेका कैलाश राजपूतको विशेष सहयोगी मानिन्छ। कैलाश उनै  हुन्, जसलाई मोस्टवान्टेड अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकै नजिक मानिन्छ ।

प्रहरीलाई डेभिड मुम्बईको मलाडमा लुकेर बसेको ठोस जानकारी प्राप्त भएको थियो। यही सूचनाका आधारमा दिल्ली प्रहरीको स्पेशल सेलको टोली मुम्बई पुग्यो र मङ्गलबार उनको मलाडस्थित फ्ल्याटमा छापा मारेको थियो । त्यही क्रममा घटनास्थलमा रहेका डेभिडले प्रहरीलाई चकित पारेर भाग्ने प्रयास गरेका थिए । उनी हेलमेट लगाएर डोरीको सहाराले अग्लो भवनबाट ओर्लने प्रयास गर्न थाले ।

त्यसपछि अचानक भुइँमा लडेर उनको मृत्यु भयो। जानकारीका अनुसार मुम्बई निवासी डेभिडले मुम्बई र अन्य शहरहरूमा कैलाश राजपूतको लागूऔषधको कारोबार गर्थे। कैलाशकै आदेशमा डेभिडले दुबई र अन्य देशमा कुरियरमार्फत लागूऔषध पुर्याउने काम गर्दथे।

दिल्ली प्रहरीले पक्राउ गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारसमेत घोषणा गरेको थियो । आजतकका अनुसार यदि पुलिसले डेभिडलाई जिउँदै समातेको भए कैलाश राजपुत र डी कम्पनीसँग सम्बन्धित धेरै गोप्य खुलासा हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..