जुवा खेल्दै गरेका ९५ जना कञ्चनपुर प्रहरीको नियन्त्रणमा , सवा ८ लाख नगद बरामद

कञ्चनपुर ।तिहारका बेला जुवाको खाल चलाउनेमाथि कञ्चनपुर प्रहरीले धमाधम धरपकड जारी राखेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र यस मातहतका यूनिटहरुले झण्डै ४ महिनामा जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न ९५ जनालाई पक्राउ गरी जुवा ऐन अन्तर्गत कारवाही गरेको छ । 

आथिर्क वर्ष ०७८ को साउँन यता जुवाडेहरुमाथि ११ वटा मुद्धा चलाएको र नगद ८ लाख १४ हजार ५ सय १० रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

जिल्ला तथा यस मातहतका यूनिटहरुले बिभिन्न ठाउँहरुमा छापा मारेर ९५ जनालाई पक्राउ गरेका थिए ।

यस्तै शुक्रवार साँझ करिब साढे ६ बजे भीमदत्त नगरपालिका –६ ऐठपुरमा जुवातास भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मार्दा जुवा खेलमा संलग्न १० जना ब्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट नगद ६२ हजार ७ सय ९० रुपैया पनि बरामद गरिएको छ । जुवामा संलग्नहरुको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..