कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागू औषध खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्याल मातहत प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ८ महेन्द्रनगर ब्रह्मदेव रोडबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ७ का प्रविन चन्द र वडा नम्बर ५ का सागर चन्द रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले १९.२८ ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।


