गृहमन्त्री बालकृष्ण खाँणद्वारा बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण


डडेल्धुरा । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन् । निरीणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे।

निरीक्षणका क्रममा गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा जन्मेको गाउँ रुवाखोलासमेत पुगेर पहिरोबाट पुगेको क्षतिबारे जानकारी लिए ।सोही अवसरमा गृहमन्त्री खाँणले बाढीपहिरो पीडितलाई चाँडै राहतको व्यवस्था गरिने अश्वासन दिलाए । उनले पीडित जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । हालैको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी डडेल्धुरामा तीन जनाको मृत्यु भएको थियो ।

धनमालको ठूलो क्षति पुगेको थियो ।गन्यापधुरा–१ मा मात्रै रु एक अर्बभन्दा बढीको क्षति भएको विवरण पेश गरिएको छ । पर्तोल गाउँमा मात्रै दर्जन बढी घर पहिरोको जोखिममा छन् ।जोखिममा रहेका स्थानीयवासीले आफूहरूका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन् ।

उक्त गाउँपालिकामा मात्रै बाढीपहिराबाट २५० घरधुरी जोखिममा रहेको बताइएको छ।गृहमन्त्री खाँणले बुधबार सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..