जुवा अखाडामा प्रहरी छापा
नेपाली कांग्रेसका जिल्ला सभापति पक्राउ

काठमाडौं । महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले बिहीबार राति जोरपाटीको एक जुवा अखाडामा छापामारी १८ जना जुवाडेलाई पक्राउ गरेको छ । उक्त जुवा अखाडाबाट नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले उक्त जुवा अखाडाबाट ६ लाख ३२ हजार रुपैयाँ बरामद गरेको छ ।


नेपाली कांग्रेस दोलखाका सभापति लामालाई छुटाउन उच्चतहबाट चर्को दबाब परेको छ । तर तिहारको ३ दिन सार्वजनिक बिदा भएको र भाइटीकाको भोलिपल्ट समेत यसपटक सरकारले बिदा दिएकाले उनी ४ दिन हिरासतमा बस्नुपर्ने भएको छ ।

तर पक्राउ पर्नेमा दोलखा कांग्रेसका अरु नेताहरु पनि भएकाले छुटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भनेर छुटाउने पहल भइरहेको स्रोत बताउँछ । जुवा अखाडाका संचालक सागर लामा समेत पक्राउ परेका छन् ।

सागर लामाले संचालन गरेको उक्त जुवाअखाडामा ३ वटा समूह खेलिरहेको अवस्थामा कौडा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..