ओलीसँग प्रचण्ड चनाखो-‘हामी अहिले पनि रिल्याक्स गर्ने अवस्थामा छैनौँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यवहारप्रति अझिैँ होसियार रहनुपर्ने बताएका छन् ।सोमबार नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र विरोधी ओलीका व्यवहारहरुमाथि ध्यान दिन आवश्यक रहेको भन्दै रिल्याक्स गर्ने अवस्थामा नरहेको अध्यक्ष प्रचण्डले बताए ।

उनले भने, ‘मैलेचाहीँ दुई चार दिन अगाडिमात्र सुने । म त कहिल्यै पनि गणतन्त्रवादी थिइन र मलाई गणतन्त्र मन परेकै छैन भनेर गएको प्रधानमन्त्रीले बोलेको कुरा आयो । त्यसैले अहिले पनि हामी रिल्याक्स गर्ने ठाउँमा चाहीँ छैनौँ । थोरै, राजनीतिक नेतृत्वले रिल्याक्स गर्यो भने ठूलो क्षति हुँदोरहेछ भनेर पनि अनुभव गर्यौँ ।

प्रतिनिधिसभा विघटन गर्दा १५ मिनेट रिल्याक्स गरेको तर, रिल्याक्स गर्न नपाई सर्वोच्च अदालतले पार्टीलाई दुई चिरा बनाएको अनुभव पनि उनले सुनाए ।

‘पहिलो प्रतिनिधिसभा विघटन भयो हामीले देशव्यापी रुपमा अभियान चलायौँ । जसमा मलगायत माधव जी, झलनाथ जी सहभागी थियौँ । अन्ततः विघटनविरु फैसला भयो र हामीले जित महसुस गर्यौँ,’ उनले भने, ‘ र, हामीले १०/१५ मिनेट रिल्याक्स गर्यौँ । अब त जितियो भनेर गर्व गरेको प्रतिफल त अदालतले पार्टीलाई दुइटा बनाइदियो । हामी दुइटा भएकै थिएनौँ । चुनावमा लड्यौँ, पार्टी एकता गर्यौँ, घोषणा पत्र पनि बनायौँ ।’

त्यतिबेला निर्वाचन आयोगले आँखा चिम्लेर तत्कालीन नेकपाको आधिकारिता सदर गरेको भए ओलीको हैसियत नरहने पनि प्रचण्डले बताए । जबकि बहुमतसहित नेकपाबाट ओलीलाई हटाइएको थियो ।

अध्यक्ष प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने विषयमा पनि दुईथरि विचारमा छलफल चलिरहेको बताएका छन् । उनका अनुसार संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..