९ जुवाडे बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले १ लाख ९८ हजार ५ सय ५ नगदसहित ९ जुवाडेलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले नगदसहित ९ जना जुवाडेलाई सोमबार बिहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका वडा नं. ७ गुलरियागाँउस्थित रमेश यादवको घरको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा घरधनी रमेश यादवसहित ९ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं.७ बस्ने घरधनी रमेश यादव, वडा नं. ३ बस्ने रतिराम चौधरी, वडा नं.७ बस्ने श्यामु यादव, वडा नं.४ बस्ने गुमान बहादुर मल्ल, वडा नं.१० बस्ने तेज कुमार चौधरी, मधुवन नगरपालिका वडा नं. ८ बस्ने सुरेश वली, सोही ठाउँ बस्ने टेकेन्द्र साउद, वडा नं.९ बस्ने नारायण क्षेत्री र सोही नगरपालिका वडा नं. ७ बस्ने पदमबहादुर सुनार रहेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

पक्राउ परेका ९ जनाको साथबाट जुवा खेल्न प्रयोग गरिएको ताससमेत प्रहरीले नियन्त्रणमा लिई जुवासम्बन्धी कसुरमा म्याद थप गरि ९ जनामाथि आवश्यक अनुसन्धान शूरू गरियको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..