दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पाँच जना पक्राउ


काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले रेडपाण्डाको छालासहित काभ्रेको रोशी गाउँपालिका–३ का २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ का २० वर्षीय सुभाष गिरी र रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ का २० वर्षीय दावा घलेलाई चावहिलबाट पक्राउ गरेको हो ।


रेडपाण्डाको छाला अवैध रुपमा बिक्री गर्न लागेको सूचनाको आधारमा चावहिलको एक क्याफेबाट उनीहरुलाई आइतबार पक्राउ गरिएको महाशाखाले जनाएको छ ।पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..