नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ


कास्की । पोखराबाट नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–११ फुलबारीस्थित घरमा २२ महिने शिशुलाई गत असोज ३० गते करणी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ पर्ने पुरुषको परिचय भने खुलाएको छैन । पक्राउ पर्ने पुरुष पेसाले ड्राइभर हुन् । वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

अभियुक्तलाई पक्राउ गरि कानुनी कारवाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..