हत्या गरेर भागेका आरोपी १७ वर्षपछि पक्राउ


काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका संचालकको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका छापाखानाका संचालक खिम बहादुर सिवाकोटीको हत्यामा संलग्न शनि नरसिंह राणालाई १७ वर्षपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले बताए ।


प्युठानको मल्लरानी गाउँपालिका–४ घर भएका राणा लामो समय भारतमा र त्यसपछि नेपाल फर्केर लुकेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई असोज १५ मा काठमाडौंको म्हैपीबाट पक्राउ गरेको थियो ।


छापाखाना अगाडी मोटरसाईकल पार्किङ गरेको विषयमा विवाद हुँदा शनि नरसिंह सहित ३ जना मिलेर सिवाकोटीलाई कुटेर हत्या गरेका थिए । हेलमेट, फलामे रड र चिया पकाउने भाँडोले कुटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी भट्टले बताए ।


हत्यामा संलग्न बा.१६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल धनी ईश्वरी राणा र गोरखा सिरान्चोक घर भएका धन बहादुर गुरुङ फरार छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..