अबैध सम्बन्ध लुकाउन आफ्नै श्रीमानको हत्या, श्रीमतीसहित ४ पक्राउ

कैलाली । कैललीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमती अमृता चौधरीसहित चार जनालाई पक्राउ गरेको छ ।

अबैध सम्बन्धका कारण श्रीमतीकै योजनामा श्रीमानको हत्या गरेको प्रहरी स्रोतले बतायो । पक्राउ परेका सबै दोषी भए नभएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..