घोरासैनी हत्याको मुख्य योजनाकार पक्राउ


रौतहट । प्रहरीले पुरानो रिसिवी साँध्न सुपारी दिएर आफ्नै छिमेकीको हत्या गर्ने मुख्य योजनाकारलाई पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीलाई हत्या गरेर गत भदौ २६ गते रुखमा झुण्ड्याइको थियो ।


घोरासैनीको हत्या गर्ने योजना बनाउने मुख्य योजनकार चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार टोल घर भई हाल जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कप्तान ३८ वर्षिय सहदेव भन्ने डोल प्रसाद बोलखेलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गर्न सफल भएको हो ।बोलखेले चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुयाँलको सहयोगमा सिन्धुली जिल्ला पिपलमाडी गाविस वडा नम्बर ९ घर भई हाल पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ३ सृजना टोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी जिल्ला पूर्व कावासोती नगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई ३ लाख रुपैयाँमा सुपारी दिएर घोरासैनीको हत्या गर्न लगाएका हुन् ।


प्रहरीले गत असोज ११ गते ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेपनि बोलखे भने फरार रहेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार बोलखेलाई १७ गते आइतबार काठमाडौँको दरबारमार्ग आसपासको क्षेत्रबाट पक्राउ गरिएको हो ।पक्राउ परेका बोलखेलाई म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको उनले जनाए ।


मृतक घोरासैनी र मुख्य योजनाकार बोलखेको परिवार करिब २० वर्ष पहिलादेखिनै गैडाटारमा छिमेकी रहेका अवस्थामा धामीझाक्रीको काम गर्ने घोरासैनीका बुबा भिमदत घोरासैनीका कारण आफ्ना परिवारका सदस्यहरु बिरामी परेको रिस साँध्न बोलखेले घोरासैनीके हत्याको योजना बनाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..