लागू औषध गाँजासहित एक युवक पक्राउ

कास्की । पोखराबाट गाँजासहित एक युवक पक्राउ परेका छन् । पोखरा–३० पावर हाउसबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित पाल्पा माथागढी गाउँपालिकाका २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेका हुन् ।


काठमाडौंबाट पोखरातर्फ आइरहेको बा १ ख ९७१५ नम्बरको बसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अजयलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..