सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको आरोपमा पक्राउ


सुनसरी । प्रहरीले सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-५ तल्लो देउराली बस्ने महोत्तरी पशुपतिनगर-४ घर भएका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् ।

लामिछानेले आफू लोकसेवा आयोगको कर्मचारी रहेको भनी सरकारी जागिर लगाईदिने भन्दै लोक सेवा आयोगको परीक्षाको प्रवेश पत्र समेत वितरण गरी सो वापत रकम लिई लेनदेन प्रकृतिको कागज बनाएर झुक्याई ठगी गरेको प्रहरीले दाबी गरेको छ ।

लामिछाने बस्दै आएको कोठाबाट सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ थान, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रवरको छाप १ थान, गोप्य लेखेको रवरको छाप १ थान, जिबछ लामिछाने समेत लेखेको रवरको छाप १ थान, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रवरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रबको छाप १ थान, उपसचिव लेखेको रवरको छाप १ थान, राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप १ थान, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम्प छाप १ थान र शाखा अधिकृत लेखेको छाप १ थान लगायतका विभिन्न कागजातहरु प्रहरीले फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसूरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..