ठक्कर दिँदा अदालतमा मृत्यु

मोरङ । मोरङ जिल्ला न्यायाधीश चढ्ने गाडी अंग रक्षकले सिक्नलाई चलाउँदा ठक्कर दिएर अदालत परिसरमै एक महिलाको मृत्यु भएको छ । मंगलबार जिल्ला न्यायाधीश न्यायाधीश ईश्वर पराजुलीले चढ्ने बा१४च ६०१६ नम्बरको गाडी उनकै अंग रक्षक विन्दकुमार सिंहले निकालेर सिक्दै थिए । सो क्रममा अदालत परिसरमा क्यान्टिन संचालन गर्दै आएकी लक्ष्मी दाहालको मृत्यु भएको हो । ४० वर्षीय दाहाल धनकुटा महालक्ष्मी नगरपालिका-१ की स्थायी बासिनदा हुन् ।


मंगलबार बेलुकी ५ बजे ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।प्रहरीका अनुसार मंगलबार न्यायाधीशका अंगरक्षक प्रहरी हवल्दार हवल्दार सिंहले चालक श्रवण चौधरीसँग गाडीको चाबी मागेर पार्किङबाट निकालेका थिए।चालक चौधरी पनि भने अंग रक्षकको सिटमा बसिरहेको थिए ।

सोही क्रममा अनियन्त्रित भइ क्यान्टिन संचालन गर्ने दाहाललाई ठक्कर दिएको थियो ।मोरङ प्रहरीका अनुसार चालक चौधरी र अंगरक्षक सिंह दुवैलाई पक्राउ गरेर थुनामा राखि अनुसन्धान बढाइएको छ । सिंहको लाइसेन्स नभएका कारण सवारी चालक र सवारी धनीमाथि सवारी ज्यान मुद्दामा कारबाहीको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..