स्वचालित पेस्तोलसहित युवक पक्राउ


दाङ। प्रहरीले स्वचालित पेस्तोलसहित दाङको घोराहीबाट एक जनालाई पक्राउ गरेको छ ।रोल्पाको रुन्टिगढी गाउँपालिका– ९ सखी स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षका ईन्द्रकमल बुढामगरलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रहरीले बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नम्वरकोे स्कुटरको सिटमुनि रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरेको हो ।

अवैध हतियार राखेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए ।


अवैध हतियार देखाइ ठेकेदार, व्यवसायीलाई चन्दा आतंक सिर्जना गरेको उजुरी परेपछि खोजतलास गर्दै जाँदा भेटिएको काफ्लेको बताए । पक्राउ परेका बुढाविरुद्ध हातहतियार खरखजना मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..