अबैध रुपमा ल्याएको सखुवाको काठ सहित २ जना पक्राउ


मोरङ । मोरङ बेलबारी नगरपालिका ३ स्थितबाट अबैध रुपमा गाडीमा ल्याएको सखुवाको गोलिया काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक सोही स्थानका ३८ बर्षीय दल बहादुर तामाङ र केरावारी गाउँपालिका ८ का ४०बर्षीय जित बहादुर तामाङ रहेका छन् ।

गत भदौ ११ गते बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बा२१च १८२९ नम्बको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडीमा अबैध रुपले ल्याएको ३८.५ क्यू.फिट सखुवाको काठ फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको काठ, गाडी र चालक सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय सलकपुर मोरङमा बुझाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..