प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या

लहान । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ । साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ ।

२४ वर्षका विष्णु देव पंजियारलाई पक्राउ गरेर ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मुद्दामा अनुसन्धान भइरहेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए । एसपी बोहराले भने–‘डेढ वर्षदेखि उनीहरूको बीचमा चिनजान र सम्बन्ध रहेको थाहा भएको छ ।’विष्णु देव नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए ।

इलेक्ट्रिसियन पदमा कार्यरत पंजियारसँग ३१ वर्षीया सावित्रासँग त्यहीँ चिनजान भएको थियो । मृतकका बुवा देव नारायण चौधरीले पंजियारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुर गरेका छन् । मृतकको बुवाको उजुरीपछि आइतबार राति विष्णुदेवलाई प्रहरीले पक्राउ गरेको हो ।


विष्णु देव र सावित्राले ०७८ साउन १९ मा ‘श्रीमान् श्रीमतीको हैसियतमा बस्ने र लगन आएपछि विवाह गर्ने’ तमसुक गरेका रहेछन् । तर, कानुन व्यवसायी राखेर पाँच दिनअघि गरेको तमसुकले सावित्राको आत्महत्यालाई रोक्न सकेन ।


साउन २२ मा प्रेमीको घरमा जाँदा त्यहाँ अर्की युवती पनि देखेपछि सावित्रा बेचैन भइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार विष्णु देव र अर्की युवतीको बिचमा पनि पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेछ ।

सो सम्बन्ध थाहा पाएपछि सावित्राले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो रोजिन ।
मुलुकी अपराध संहिता–२०७४ को दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर गरेमा कैद र जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..