साढे एक करोड ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ का ३९ वर्षीय दीपबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।


रकम लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ जनाएको छ ।धादिङ थाक्रे गाउँपालिका-८ का ४२ वर्षीय निमा लामाले काठमाडौं महानगरपालिका-५ हाडीगाउँमा संचालन गरेको कन्सलटेन्सीबाट करिब ७८ जनाबाट सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेसलगायतका लागि भन्दै रकम असुलेको आरोप छ ।


ठगीमा संलग्न कम्पनीका संचालकसहित अन्य चार जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..