मोटरसाइकलको ठक्करबाट इन्स्पेक्टर वाग्ले को मृत्यु

काठमाडौं । मोटरसाइकलको ठक्करबाट एकजना प्रहरी निरीक्षकको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका कपिल वाग्लेको मृत्यु भएको हो ।


नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी ८ बजेतिर लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले इनिस्पेक्टर वाग्लेलाई ठक्कर दिएको नवलपरासी प्रहरीले जानकारी दिएको थियो ।मोटरसाइकलले ठक्कर दिएपछि इनिस्पेक्टर कपिल वाग्ले गम्भीर घाइते भएका थिए । काठमाडौं बसुन्धाराका वाग्लेलाई हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो ।

वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको छ ।उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..