गहनासहित एक जना पक्राउ


वीरगञ्ज । प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।


आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया लगायत २६३ थान गहना फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

तौल गर्दा सुनका गहनाहरु १४ दशमलव ४ सय ग्राम रहेकोमा ७० प्रतिशत र चाँदीका गरगहना १ हजार ९७० ग्राम भएकोमा ४८ प्रतिशत मात्रै शुद्धता देखिएको सुनचाँदी व्यवसायी संघ पर्साले जनाएको छ ।

गरगहनामा १० दशमलब ०८ ग्राम शुद्ध सुन भेटिएकाले बजार भाउअनुसार त्यसको मूल्य ७८ हजार २१० रुपैयाँ र ९४६ ग्राम शुद्ध चाँदी भेटिएकोमा १ लाख १ हजार ६९५ रुपैयाँ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..