गोंगबुबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित तीन जना पक्राउ

काठमाडाैं । प्रहरीले महाराजगञ्जबाट बुधबार साँझ पेस्तोल र पाँच राउन्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङका २४ वर्षीय विविन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगर छन् । उनीहरू गोंगबुस्थित बिजी मलको पछाडि वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुरेन्टमा लुकिछिपी बसिरहेका थिए ।


झोला जाँच गर्ने क्रममा उनीहरूको साथबाट पेस्तोल, पाँच राउन्ड गोली र दुई थान कुखुरी फेला परेको वृत्तका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए ।

उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..