आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा खेमराज खनाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खनाललाई पक्राउ गरेको एसएसपी अशोक सिंहले बताए ।


उनका अनुसार खनालले डेढ लाख रुपैयाँ ठगी गरेको आरोप छ । ‘थप व्यक्ति पनि उनीबाट ठगिएको सूचना छ यद्यपि उजुरी आइसकेको छैन’ उनले भने, ‘पक्राउ गरेका छौं, अब विस्तृत अनुसन्धान हुन्छ ।’
खनाल विभिन्न प्रहरी उच्च अधिकृतहरुसँग तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्ने गर्थें ।

त्यही फोटोको आधारमा प्रहरीसँग निकट सम्बन्ध छ भनेर उनीले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।उनलाई गत वर्ष प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालले सम्मान गरेको थियो ।

तर तत्कालीन कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी हरिबहादुर पालले उनको चरित्र ठिक नभएको भन्दै सम्मान खोस्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..